मन्त्रिपरिषदको बैठक बस्ने, गर्भनर नियुक्तिको तयारी

काठमाडौं । मन्त्रिपरिषदको बैठक सोमबार साँझ साढे ६ बजे बस्ने भएको छ । बैंठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने छ ।

साथै, आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका विषयमा छलफल तयारी रहेको छ।

शिक्षकहरु नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् । आन्दोलनले सरकारी विदालयमा भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प भएको छ ।

साथै आवासीय चिकित्सकहरु सरकारी सरह भत्ता सुविधा लगायतका माग राखेर आन्दोलनमा छन् । उनीहरुले शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार