RE
Global College

सवारी साधन कर्जा प्रवाहमा नयाँ सीमा : हायर पर्चेज कम्पनीलाई ६० प्रतिशतको सीमा तोकियो

काठमाडौं । अबदेखि हायर पर्चेज कम्पनीहरूले सवारी साधन खरिदका लागि कर्जा प्रवाह गर्दा सवारी साधनको मूल्यको अधिकतम ६० प्रतिशतसम्म मात्र ऋण दिन सक्ने भएका छन्। यो नयाँ व्यवस्था विद्युतीय सवारी साधन तथा निजी प्रयोजनका व्यक्तिगत अन्य सवारी साधनका लागि लागू हुनेछ।

नेपाल राष्ट्र बैंकले “हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत तथा प्रक्रियागत व्यवस्था, २०७०” को पाँचौं संशोधन (२०८२) गर्दै यस्तो प्रावधान ल्याएको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सवारी साधनको ऋण–मूल्य अनुपात ६० प्रतिशत कायम गर्ने निर्णय गरेको थियो।

यसअघि विद्युतीय सवारी साधनको हकमा ऋण–मूल्य अनुपात ८० प्रतिशत र अन्य सवारी साधनका लागि ४० प्रतिशत तोकिएको थियो। नयाँ संशोधनले विद्युतीय सवारी साधन र व्यक्तिगत प्रयोजनका अन्य सवारी साधनहरूका लागि समानरूपमा अधिकतम ६० प्रतिशत ऋण सीमा तोकेको छ।

NECO

Leave Your Comment

Related News