पाँच सयले बढ्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाल सुन प्रति तोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रति तोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार