आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

काठमाडौं ।  राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ ।निर्माण क्षेत्र सुस्त रहेको कारण अर्थतन्त्र अपेक्षितरुपमा विस्तार हुन नसक्ने बताइएको छ ।

कार्यालयले बुधबार एक कार्यक्रम आयोजना गर्दै राष्ट्रिय लेखा तथ्यांकको अनुमान सार्वजनिक गरेको हो ।कार्यालयका अनुसार आव २०८०/८१ मा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो भने आव २०७९/८० मा १.९८ प्रतिशत थियो ।

कार्यालयका अनुसार अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्नेछ । प्रति व्यक्ति आय ५० अमेरिकी डलर बढ्ने अुनमान गरिएको छ । गत आर्थिक वर्ष प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर रहेकोमा चालु आवमा १ हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार