काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र पेट्रोलको मूल्य घटाएकाे छ।
निगमका अनुसार बुधबार मध्यरातिदेखि लागू हुनेगरी नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रति लिटर २ रुपेयाँले घटेको छ । यस्तै डिजेल/मट्टितेल एक रुपैयाँ तथा हवाइ इन्धनमा आन्तरिकतर्फ चार र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २९ अमेरिकी डलरका दरले मूल्य घटेको हो ।
यस्तै एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।
इन्धन मूल्यमा गरिएको यो समायोजन इन्डियन आयल कर्पोरेशनले वैशाख १७ गते पठाएको नयाँ मूल्य सूचीको आधारमा गरिएको हो।

