काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ४ हजार ६ ०० ले घटेको छ । महासंघका अनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला १ लाख ८३ हजार ५०० तोकिएको छ ।
बुधबार सुन प्रतितोला १ लाख ८८ हजार १०० मा किनबेच भएको थियो।
यसैगरी, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५० ले घटेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ९१५ तोकिएको छ ।
बुधबार चाँदी प्रतितोला १ हजार ९६५ मा कारोबार भएको थियो।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

