अर्थमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भाजपाका विदेश विभाग प्रमुख चौथाइवाले आज बिहान  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता  गरेका छन् । उनले नेपालका सरकारका उच्च पदस्थ पदाधिकारी सहित   राजनीतिक नेतासँग भेटघाट गरिरहेका छन् । यस अघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबा, परराष्ट्र मन्त्री आरजु राणा, प्रधामन्त्री केपी शर्मा ओली लगायतलाई भेटिसकेका छन् ।

अर्थ मन्त्रालयमा आज बिहान भएको भेटका अवसरमा दुई देशको आपसी हितका बारेका कुराकानी भएको  उपप्रधान तथा अर्थमन्त्री बिण्णु पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार