CLI

डिजिटल बैंक स्थापना गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डिजिटल बैंक स्थापना गरिने बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने व्यावस्था रहेको छ । नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म  छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ  ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार