काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक कार्यक्रमको मोडालिटी परिबर्तन गरी राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम बनाउने भएको छ । सरकारले शिक्षा बिध्येयक चालु अधिबेधनमा पारित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।
राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक बर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने व्यावस्था रहेको छ ।
नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि २८ गतेसम्म छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ । यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

