काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर फर एक्सीलेन्सी’ को रुपमा विकास गरिने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ‘सेन्टर फर एक्सीलेन्सी ’ रुपमा विकास गरी सार्वजनिक सेवा र विकास प्रशासनलाई थप नतिजाउन्मुख र प्रभावकारी बनाइने बताइएको हो र कार्यसम्पादनको आधारमा गरिने मूल्यांकनलाई वृद्धिविकासमा आवद्ध गरिने छ ।

