सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । आज  नेपाली बजारमा  छापावाल सुनको मूल्य १ लाख ८४ हजार १ सय  कायम भएको छ । गत शुक्रबार  प्रति तोला १ लाख ८३ हजार ५ सय रहेको छापावाल सुनको मूल्यमा प्रतितोला  ६ सयले बृदी भएको हो   । त्यसैगरी प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७५ हजार ८ सय ३५   रहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । हिजो पनि प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ७५ हजार ३सय २० मा  कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रति तोला १ हजार ९ सय १० रहेको छ । हिजो प्रति तोला १ हजार ९ सय १५ मा कारोबार भएको थियो । आज प्रति १० ग्राम चाँदी १ हजार ६ सय ३७ रुपैया ५०  रहेको ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार