CLI

दुर्घटनाको एक वर्षपछि कमेडीमा, सुशान्त बस्याल वैशाख २८ ‘…ट्र्याजिडी टु कमेडी’

काठमाडौं । २०८० चैत ८ गते लिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटनामा घाइते भइ करिब एक वर्ष कमेडी क्षेत्रबाट टाढिएका  सुशान्त बस्याल कमेडीमा फर्किएका छन् ।

उनी आगामी वैशाख २८ गते बेलुका साढे ६ बजे  ‘एक्सिडेन्ट्ल्ली फन्नी, ट्र्याजिडी टु कमेडी’ कार्यक्रममार्फत् कमेडी माध्यमबाट दुर्घटना र त्रासदीको कथा भन्दैछन् । स्टुडियो थिएटर पिंगलास्थानामा उनले करिब एक घण्टा प्रस्तुति दिने कार्यक्रम तय भएको छ भने कार्यक्रमको प्रवेश शुल्क ५०० रुपैयाँ रहेको छ ।

कार्यक्रमको सञ्चालन कमेडियन सुमन कोइरालाले गर्दैछन् भने अर्का कमेडियन प्रतिक अधिकारीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

त्यसपछि एक घण्टा बस्यालले आफ्नो दुर्घटनाको कथा प्रस्तुत गर्नेछन् ।

Leave Your Comment

Related News