काठमाडौं । सरकारले १० निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको हो ।
कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट सिफारिसअनुसा कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न सूचनामा भनिएको थियो ।
तर हालसम्म पनि लिखित स्पष्टीकरण पेश हुन नआएपछि पुन: ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न सूचना जारी गरिएको हो ।
यी हुन् कालोसूचीमा राख्ने तयारी गरिएका १० निर्माण कम्पनी



