काठमाडौं । मंगलबार संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ ।
आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक र १२:१५ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा सोही नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

