काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते भएका छन् ।
मंगलबार राति सुत्नुअघि शौचालय जाँदा सामान्य ठोक्किएर घाइते भएपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो ।
सामान्य उपचारपछि उनी अहिले खुमलटारमा नियमित भेटघाटमा रहेको स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

