अध्यक्षविरुद्ध प्रकाशित समाचारमा धितोपत्र बोर्डको खण्डन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई जोडेर प्रकाशित समाचारहरूको खण्डन गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै बोर्डले आईपीओ निष्काशन अनुमतिका लागि बार्गेनिङ गरेको आरोपमा प्रकाशित समाचारको खण्डन गर्दै आपत्ति जनाएको हो ।

बोर्डले अध्यक्षको नाम लिइ कुनै पनि प्रकारको आर्थिक वा अन्य गैर कानुनी फाइदा लिने कार्य गरेको जानकारी भएमा तथ्यगत विवरण उपलब्ध गराउन पनि चुनौती दिएको छ ।

अन्यथा आवश्यक कानुनी कारवाहीका लागि प्रकृया अगाडि बढाउने बोर्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार