काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । सुन प्रति तोला छ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रति तोला १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूल्य १ हजार ९६५ रुपैयाँ थियो । चाँदी तोलामा १० रुपैयाँ घटेको हो ।


