CLI

कैदीलाई छुटाइदिन दुई लाख घुस माग्ने अदालतका कम्प्यूटर अपरेटर पक्राउ

काठमाडौं । नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्।

बनियाले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीको थुनामा रहेका एकजना कैदीलाई छुटाउन सहयोग गरिदिने भन्दै घुस मागेको उजूरी परेको थियो। सोही उजूरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित टोलीले उनलाई पक्राउ गरेको हो।

अख्तियारको टोलीले वैशाख २४ गते बिहान पाल्हीनन्दन गाउँपालिका–३, बेलासपुर चोकमा बनियालाई दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा घुस सहित नियन्त्रणमा लिएको हो।

अख्तियारले घटनाको थप अुसन्धान गरिरहेको जानकारी दिएको छ।

Leave Your Comment

Related News