CLI

सुन १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रति तोला १ हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ९२ हजार २०० रुपैयाँ थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ९५५ रुपैयाँ थियो । चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

Leave Your Comment

Related News