सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्यको बढेको छ । सुन प्रति तोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रति तोला १ लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने बढेको छ । चाँदी प्रति तोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार