काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासमा ३३ करोड ७६ लाख ५७ हजार खुद नाफा गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १०.७६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा कम्पनीले ३० करोड ४८ लाख ३१ हजार नाफा कमाएको थियो ।
कम्पनीले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै उक्त नाफा लगायतका आम्दानी बढेको जानकारी दिएको हो ।
कम्पनीको ब्याज आम्दानी बढ्दा खुद नाफा बढेको हो । कम्पनीको चालु आवको तेस्रो त्रेमासमा खुद ब्याज आम्दानी ९ करोड ४९ लाख ७७ हजार रहेको छ । गत आवको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७ करोड ४ लाख ८८ हजार रहेको थियो ।
कम्पनीको गत आवको तेस्रो त्रैमासमा खुद आर्जित बीमा शुल्क ४ अर्ब २७ करोड ६१ लाख रहेकोमा चालु आवको तेस्रो त्रैमासमा ४ अर्ब ७९ करोड ८५ लाख खुद आर्जित बीमा शुल्क रहेको छ । कम्पनीको खुद आर्जित बीमा शुल्क १२.२२ प्रतिशतले बढेको हो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी र खर्चमा वृद्धि भएको छ । कम्पनीको गत आवमा खुद दाबी भुक्तानी ३ अर्ब ८३ करोड ८२ लाख रहेकोमा चालु आवको सोहि उक्त रकम ४ अर्ब ६९ करोड ७२ लाख रहेको छ । त्यस्तै गत आवमा ४ अर्ब ९२ करोड ९७ लाख कुल खर्च रहेको कम्पनीको चालु आवमा भने कुल खर्च ५ अर्ब ७८ करोड ७९ लाख रहेको छ ।
५ अर्ब १ करोड ४९ लाख चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १५ करोड ३६ लाख ७६ हजार रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा, प्रति शेयर नेटवर्थ ११० रुपैयाँ ६० पैसा, प्रति शेयर कुल सम्पत्तिको मूल्य ४९२ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात ४६.०३ गुण रहेको छ ।

