काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष (आव) तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले खुद नाफा २ प्रतिशतले बढेको जनाएको छ ।
कम्पनीको चालु आवको तेस्रो त्रैमासमा खुद नाफा ३५ करोड ७० लाख ५४ हजार रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा कम्पनीको नाफा २ प्रतिशत अर्थात् ६२ लाख ९३ हजारले बढेको हो । कम्पनीको गत आवको तेस्रो त्रैमासमा खुद नाफा ३५ करोड ७ लाख ६१ हजार रहेको थियो ।
समिक्षा अवधिमा खुद आर्जित बीमा शुल्क र आम्दानी वृद्धि हुँदा खुद नाफा समेत बढेको हो । गत आवमा कम्पनीको खुद आर्जित बीमा शुल्क १ अर्ब ३ करोड ६६ लाख १० हजार रहेकोमा चालु आवमा १ अर्ब २० करोड ८३ लाख २८ हजार रहेको छ । गत आवमा कम्पनीको कुल आम्दानी १ अर्ब ७४ करोड ७८ हजार रहेकोमा चालु आवमा कुल आम्दानी १ अर्ब ८५ करोड ९१ लाख ८३ हजार रहेको छ । खुद आर्जित बीमा शुल्क र कुल आम्दानी क्रमशः १७ र ७ प्रतिशतले बढेको छ ।
२ अर्ब ९२ करोड ३० लाख ९९ हजार चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ६० लाख १८ हजार र महाविपत्ति कोषमा १५ करोड ५९ लाख ९० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २९ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १९५ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ४६.८१ गुण रहेको छ ।

