विलासिताका लागि नभइ प्रगतिका लागि कर्जा लिन राष्ट्र बैंकको अनुरोध

काठमाडौं । कर्जाको दुरुपयोगका कारण आम मानिसहरुमा विभिन्न समस्याहरु देखा पर्ने गरेका छन् । विशेषगरी व्यावसायिकताका लागि कर्जा लिएर लगानी नगर्दा त्यसको महँगो मूल्य चुकाउनुपरेका धेरै उदाहरण छन् ।

नेपाल राष्ट्र बैंकले व्यावसायिक कर्जा सदुपयोगका लागि सन्देशात्मक सूचना जारी गरेको छ । व्यावसायिक कर्जा व्यवसायको उन्नति र प्रवर्द्धनका लागि एक महत्वपूर्ण साधन भएकाले यस्तो कर्जा व्यावसायिक प्रयोजनहरू जस्तै मेसिनहरू खरिद गर्न, स्तरोन्नति गर्न, अद्यावधिक गर्न, व्यवसायलाई फराकिलो बनाउन वा व्यापार / व्यवसायमा नयाँ अवसरहरू सिर्जना गर्नका लागि लिन राष्ट्र बैंकले अनुरोध गरेको छ ।

पर्याप्त तयारीबिनै त्यस्तो कर्जा लिइयो भने यो बोझ बन्न सक्ने भएकाले बुद्धिमानी निर्णय लिई जिम्मेवार रुपमा कर्जाको उपयोग गर्न राष्ट्र बैंकको अनुरोध छ ।

व्यावसायिक कर्जा विलासिताका लागि नभइ प्रगतिको आधार भएकाले कर्जालाई सही ठाउँमा लगानी गर्न र आर्थिक अनुशासन अपनाउँदै आफ्नो र परिवारको वित्तीय छवि उज्यालो बनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार