काठमाडौं । उच्च अदालत पाटनले कर्णालीको डोल्पामा सुरु गर्न लागिएको जगदुल्ला हाइड्रोपावर ठेक्का प्रक्रियाको सक्कल फाइल मगाउने आदेश गरेको छ ।
सिउ इन्फास्ट्रक्चर लिमिटेड र हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनले ठेक्का प्रक्रियाविरुद्ध दायर गरेको रिटमा मंगलबार न्यायाधीश खडानन्द तिवारी र प्रकाश खरेलको संयुक्त इजलासले खरिद प्रक्रियामा मूल्यांकन गरिएका निर्णयसम्बन्धी सक्कल फाइल झिकाउने आदेश गरेको हो ।
उक्त विवादमा अर्को पेसी बिहीबार तोकिएको छ ।
यसअघि उच्चले ठेक्का प्रक्रियाविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गर्दै कम्पनीका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो ।

