काठमाडौं ।प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि सांसदहरूले बहसमा उठाएका जिज्ञासाको जवाफ दिने कार्यसुची रहेको छ ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११.०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।
सांसदहरूले धारणा राखिसकेपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिएका छन् । प्रतिनिधिसभामा गत वैशाख ३० गतेदेखि ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) मा छलफल जारी छ । बैसाख २८ गते आर्थिक बर्ष २०८२/०८३ को लागि सरकारको तर्पबाट राष्ट्रपति रामबरण यादबले पेश गरेको नीति तथा कार्यक्रम पारित भइसकेको छ । जेठ १५ मा आगामी बर्षक बजेट ल्याइसक्नु पर्ने संबैधानिक व्यबस्था रहेको छ ।
संसदको कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समय निर्धारण गरेर नीति कार्यक्रम र ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) मा छलफल जारी छ ।

