CLI

तीन हजारले बढ्यो सुन

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुन प्रति तोला तीन हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रति तोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रति तोला २० रुपैयाँले बढेको छ । महासंघका अनुसारा चाँदी प्रति तोला १ हजार ९४५ रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ९२५ रुपैयाँ थियो ।

Leave Your Comment

Related News