काठमाडौं । नेपाली कांग्रेस सांसद नारायणप्रसाद साउदले सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट निर्माण गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साउदले विगतको अनुभवबाट पाठ सिकेर सीमान्तकृत समुदायको उत्थानका लागि बजेट निर्माण गर्नुपर्नेमा जोड दिए ।
‘विगतमा भएका अनुभव र विद्रोहबाट पाठ सिक्दै सामाजिक न्याय र विकासको प्रतिफल सीमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट निर्माणका लागि सरकारलाई सभामुखमार्फत सुझाव दिन चाहन्छु,’ उनले भने ।
विकासको सूचांकले गाउँबस्ती पछाडि पारेको, दुर्गम बस्तीहरू उजाड हुँदै गएको र देशका पछाडि परेका सूदूरपश्चिमको कर्णाली र मधेश प्रदेश विकासमा उपेक्षित हुँदै गएको बताउँदै
उनले बजेट उत्पादन र नतिजामुखी हुनुपर्ने बताए ।
उनले नेपालमा असन्तुलित विकास र पहुँचवालकै हालिमुहाली हुँदा बजेटमा लामो समयदेखि विवाद हुँदै आएको दाबी गरे ।

