जनकपुरधाम । तराई मधेशका जिल्लाहरूमा हुने विपद् न्यूनीकरणका लागि अभ्यास सहितका तालिम सम्पन्न भएको छ।
प्राकृतिक विपत्ति तथा मानवीय कारणबाट हुने विपद् आगलागी, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट हुने जोखिम जस्ता विषयमा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा विपद् व्यवस्थापन सम्बन्धी तालिम समापन भएको हो।
तालिम समापन समारोहमा सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले विपद् व्यवस्थापनको तालिम दिइएको बताए।
सप्तरीको बरमझियास्थित शिक्षालयमा एक हप्ताको तालिममा सशस्त्र प्रहरी जवानदेखि सशस्त्र प्रहरी सहायक निरीक्षकसम्मका ४९ जना सहभागी भएका थिए।
प्रशिक्षार्थीहरूलाई सडक तथा हवाई दुर्घटना, फायर फाइटिङ, रोप रेक्यू, शव व्यवस्थापन, जल उत्पन्न प्रकोप उद्धार, डढेलो नियन्त्रण बन्दोबस्ती व्यवस्थापन लगायतका विषयहरूमा प्रशिक्षण गराइएको थियो ।



