CLI

विश्व पौडेललाई गभर्नर नबनाउन दायर रिट दरपिठविरुद्धको निवेदन मल्लको इजलासमा

काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित सर्वोच्च अदालत पुगेको रिट दरपिठविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले इजलासमा निवेदन पेस गरेका छन् ।

उक्त निवेदनमाथि आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुँदैछ । पौडेललाई गभर्नर नबनाउन मागसहितको रिट सर्वोच्च अदालत पुगेकामा प्रशासनले गत शुक्रबार दरपिठ गरिदिएको थियो ।

दरपिठको निर्णय बदर हुनुपर्ने मागसहित अधिवक्ताहरूले सोमबार इजलासमा निवेदन पेस गरेका थिए ।

Leave Your Comment

Related News