काठमाडौं । नेपाली बजारमा सूनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा १ हजार १०० रुपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रति तोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ थियो ।
चाँदी तोलामा २० रुपैयाँ घटेको छ । महासंघ अनुसार चाँदी प्रति तोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य २ हजार २५ रुपैयाँ थियो ।

