ब्याजदर करिडोर ६.५ प्रतिशत कायम राख्ने देखि शेयर कर्जाको जोखिमभार घटाउने सम्म मौद्रिक नीतिका नीतिगत ब्यबस्था

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो समिक्षामा ६ वटा नीतिगत ब्यबस्था गरेको जनाइको छ  । राष्ट्र बैङ्कले आज साझ मौद्रिक नीतिको तेस्रो समिक्ष मार्फत  यो कुरा बताएको हो । जसमा नीतिगत दरलाइ ५ प्रतिशत किक्षेप संकलन दरलाइ ३ प्रतिशत ब्याजदर करिडोरको सिमा ६.५ प्रतिशत यथावत राखिएको जनाइको छ । साथै नेपाल राष्ट बैङ्कले शेयर कर्जाको जिखिमभार पनि घटाएको छ । साथै यस्ता छन् मौद।रिक नीतिका छ बुँदा गत रुपमा

आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्वक सन्तुलित राखिएको छ ।

नीतिगत दरलाई विद्यमान ५.० प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

विद्यमान अनिवार्य नगद मौज्दात र वैधानिक तरलतासम्बन्धी अनुपातलाई यथावत राखिएको छ । वित्तीय प्रणालीको विद्यमान तरलताको अवस्था र पछिल्लो समय यस बैंकले खुला बजार कारोबार उपकरणहरुमा गरेको सुधारलाई मध्यनजर गरी बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ९० प्रतिशत न्यूनतम अनिवार्य नगद मौज्दात कायम राख्नुपर्ने व्यवस्था गरिने छ ।

विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिने छ ।

लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा भएको पछिल्लो संशोधनका व्यवस्थाहरुलाई समावेश गरी “नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८” जारी गरिनेछ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को संशोधनबमोजिम चेक अनादरसम्बन्धी व्यहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गरिनेछ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको तेस्रो समिक्षामा शेयर कर्जाको जिखिम भार घटाइको छ । यस अघि शेयर कर्जाको जोखिमभार १२५ रहेकोमा मौद्रिक निति समिक्षामार्फत गर्दै शेयर कर्जाको जोखिमभार घटाएर १०० कायम गरको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार