अफगानिस्तानसँगको व्यापारमा नेपाल सदैव उच्च नाफामा

काठमाडौं ।नेपालले तेस्रो मुलुकसँग व्यापार गर्दा नाफा कमाउने मुलुकहरु सीमित रहेका छन् । नेपालले करिब ३५ देखि ४० मुलुकसँगको व्यापार नाफामा हुँदा सबैभन्दा धेरै भने अफगानिस्तानसँग रहेको भन्सार विभागले जनाएको छ । त्यसपछि क्रमशः डेनमार्क, रसियाआइसल्याण्ड, लाओ, माल्दीभ्स, अष्ट्रिया लगायतका मुलुक रहेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालले अफगानिस्तानसँगको व्यापारमा ६८ करोड ६४ लाख २९ हजार नाफा कमाएको छ । सो अवधिमा अफगानिस्तानसँग ७१ करोड ४७ लाख ४१ हजारको सामग्री निर्यात हुँदा २ करोड ८३ लाख १२ हजारको सामग्री आयात भएको छ ।

नेपालको अफगानिस्तानसँग हरेक महिनाजसो व्यापार नाफामा रहेको छ । जस्तो ९ महिनाको अवधिमा अफगानिस्तानसँग नेपालले ६८ करोड २५ लाख ४४ हजार नाफा कमाएको छ , जसमा निर्यात ७० करोड ५३ लाख ७१ हजार र आयात २ करोड २८ लाख २७ हजार रहेको छ । ८ महिनाको अवधिमा नेपालले अफागानिस्तानसँग नेपालले ६५ करोड ७९ लाख ६६ हजार नाफा कमाएको छ , जसमा निर्यात ६७ करोड ३८ लाख ८५ हजार र आयात १ करोड ५९ लाख १९ हजार रहेको छ । नेपालले १५५ देखि १६१ वटा मुलुकसँग व्यापार गर्दा सदैव उच्च नाफा भने अफगानिस्तानबाट लिएको पाईन्छ ।

त्यस्तै १० महिनाको अवधिमा नेपालले डेनमार्कसँग २५ करोड ९७ लाख ९३ हजार, रसियासँग ५ करोड ९२ लाख ६० हजार, आइसल्याण्डसँग २ करोड १२ लाख ४० हजार नाफा कमाएको छ । डेनमार्कमा ५७ करोड ८२ लाख ७७ हजार निर्यात हु्ँदा ३१ करोड ८४ लाख ८३ हजार आयात रहेको छ । रसियामा १६ करोड ४४ लाख ५५ हजारको निर्यात हुँदा १० करोड ५१ लाख ९५ हजारको निर्यात रहेको छ । आइसल्याण्डमा २ करोड १३ लाख ९७ हजार निर्यात हुँदा आयात १ लाख ५७ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार