CLI

किसानलाई थप डिजिटल सुविधा प्रधान गर्न ‘सुपर कृषक प्रो’

काठमाडौं । विगत ३ वर्ष देखि २५ हजार भन्दा बढि नेपाली कृषकलाई बिभिन्न डिजिटल सेवा प्रदान गर्दै आइरहेको सुपर कृषक एपले जेष्ठ १२ गते सोमबार देखि एपमा थप अतिरिक्त सेवा “सुपर कृषक प्रो” अन्तर्गत प्रिमियम डिजिटल कृषि सेवाहरु ल्याएको छ ।

प्रिमियम सेवा अनतर्गत सुपर कृषक एपमा अब उच्च क्वालिटी र ज्ञान मुलक कृषि तालिम, कृत्रिम बौद्धिकतामा आधारित बालीनालीको रोग किरा तथा अन्य समस्या पहिचान गरी तत्काल नै परामर्श दिने कृषि डाक्टर र किसानका समस्या तत्काल सुल्झाउने कृषक संजाल सुविधा ल्याएको छ  ।

सुपर कृषक एपका प्रिमियम सेवाहरु प्रयोग गर्नको लागि अहिले कृषकले इसेवा मार्फत, सुपर कृषक एप मार्फत नै लग इन गरी तिर्न सक्नेछन भने साथै इसेवा एपमा गएर सुपर कृषक एप खोजेर आफ्नो सुपर कृषक आइडी (सम्पर्क नम्बर) राखी दैनिक ५ रुपियाँ तिरेर पनि एपको यी सेवा उपयोग गर्न सकिने छ । एक पटकको सब्क्रिप्सनको कुल लागत १५ रुपियाँ लाग्ने छ र किसानले एक पटक सेवा प्रयोग बापतको पैसा तिरेपछि तिन दिन सम्म सुपर कृषक प्रो बन्नेछन ।

प्रिमियम सेवा अन्तर्गत रहेको सिकौँ सुविधा मार्फत किसानले घर मै बसी उच्च क्वालिटीको तालिममा सहभागी हुन पाउनेछन । अहिले एपमा ऋण, अनुदान प्राप्त गर्न कृषि प्रस्तावना कसरी लेख्ने, आधुनिक कृषि प्रविधि कसरी प्रयोग गर्ने, प्राङ्गारिक कृषि कसरी गर्ने र सो को प्रमाणीकरण कसरी प्राप्त गर्ने लगाएतका विविध विषयमा तालिम हरु उपलब्ध छन् । तालिम सँगसँगै तालिम लिइसकेपछी सो विषयको दक्षता प्रमाणीकरण गर्ने प्रमाण पत्र पनि प्राप्त गर्न सक्नेछन ।

त्यसै गरी अर्को प्रिमियम सेवा अन्तर्गत रहेको कृषि डाक्टर सेवा प्रयोग गरी किसानले आफ्नो बालीनालीमा देखिएको रोग, कीरा, तथा खाद्द तत्वको कमी तथा अन्य कारणले भएको विकारलाई फोटो खिचेर केहि सेकेण्डमा नै पहिंचान गर्न सक्नेछन् साथै उचित  समाधान अर्गानिक तथा रासायनिक उपाय पनि प्राप्त गर्ने छन् । यसले किसानको समय, श्रम, लगानी र हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने छ र किसान स्वयमलाई बालीका समस्या पहिंचान गर्न सक्ने डाक्टर बनाउने छ । कृषि डाक्टरले अहिले ५६ बढीको बालीको ८०० बढी समस्या पहिंचान गरी स्थानीय परामर्श समेत प्रदान गर्दछ ।

त्यस्तै गरी सुपर कृषक प्रो एपको अर्को प्रिमियम सुविधा अन्तर्गत रहेको व्यक्तिगत परामर्श प्रयोग गरी किसानले आफुलाई परेका समस्या कृषक संजालमा फोटो सहित सोधेर तत्काल नै समाधान प्राप्त गर्न सक्ने  छन् । यस सेवा अन्तर्गत कृषि प्राविधिकको न्यून पहुँचमा रहेका किसानलाई तत्काल नै सेवा प्रदान गरी उनीहरुको समस्या समधान गर्ने र हुनसक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्य रहेको छ ।

यी सेवा बाहेक पनि सुपर कृषक एपमा किसानले अन्य बहुउपयोगी  सुविधा निशुल्क रुपमा प्रयोग गर्न पाउने छन् । एपमा ८० भन्दा बढी आधुनिक खेति, मौरीपालन, तरकारी खेति, कौशी खेति, माछापालन, च्याउ खेति, उन्नत कृषि बाली, फलफूल, बजारमुखी कृषि बाली, रैथाने बाली, कृषि बीमा लगायत दर्जनौ फरक विषयमा विज्ञ मार्फत दिईएका तालिमहरु निशुल्क रुपमा हेर्न, सिक्न र परीक्षामा सामेल भई प्रमाणपत्र पनि लिन सकिनेछ ।

यति मात्रै नभई एपमा १,००० भन्दा बढी पढ्नको लागि लेख, हेर्नको लागि भिडियो सामग्री र सुन्नको लागि पोड्काष्टहरु रहेका छन्, जस अन्तर्गत किसानले कृषि सम्बन्धि थुप्रै व्यवहारिक कुरा निशुल्क सिक्न पाउने छन् । यसका साथै किसानलाई कृषि सूचनाको पहुँच विस्तार गर्न उपलब्ध बिभिन्न सरकारी जानकारी जस्तै कृषि बजार मूल्य, स्थान अनुसारको माटोको जाँच (डिजिटल माटो नक्सा) र मौसम अवस्था एपमा रेहको च्याटबाट, जाचौँ जस्ता डिजिटल सेवा मार्फत निशुल्क प्रदान गरिएको छ । यो संगै किसानले कृषि क्याल्कुलेटर, र दैनिक ज्ञान बढाउन कृषि क्विजमा सहभागी भई आफ्नो ज्ञान जाँच साथै पुरस्कार पनि प्राप्त गर्न सक्नेछन ।

एपमा किसानलाई अर्को अत्याधुनिक सेवा कृषि चीना निशुल्क रुपमा परीक्षणको लागि उपलब्ध गरिएको छ, जसको प्रयोग गरी किसानले आफ्नो जग्गा कहाँ छ, कुन बाली कहिले लगाइएको छ भन्ने जानकारी दिएकै भरमा भू-उपग्रहबाट उक्त जग्गाको निगरानी राखी खेत बारीमा मल र सिँचाई पुगेको, नपुगेको साथै मौसम अवस्था कस्तो छ र कस्तो हुनेछ सम्मको जानकारी किसानले पाउने छन्, जसको प्रयोग गरी बाली कहिले काट्नको लागि तयार हुन्छ, मल, जल कहिले हाल्ने, कति फल्छ सम्मको जानकारी प्राप्त गर्न सक्ने छन् ।

एपले हाल २५,००० बढी कृषकलाइ सेवा प्रदान गरिरहेको छ भने १३,५०० बढी कृषकलाई विविध विषयमा तालिम प्रदान गरी दीक्षित पनि बनाइसकेको छ । हालसम्म एपले १३,००० भन्दा बढी कृषक समस्या पहिँचान गरी समस्याको उचित निधान पनि दिईसकेको छ ।

सुपर कृषकले प्रविधि र प्राविधिकको सिमित पहुँचमा रहेका कृषकलाई लक्षित गरी डिजिटल माध्यमबाट गुणस्तरीय सेवा पुर्याउने लक्ष राखेको छ । हाललाई यी सुविधा प्रयोग गर्न कृषक साथीहरुले गुगल प्लेस्टोरमा गई एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन भने आइफोन प्रयोगकर्ता किसानको लागि केहि समयपछि एप उपलब्ध हुनेछ ।

Leave Your Comment

Related News