काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । आज सुन प्रति तोला एक हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रति तोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ९० हजार ९००रुपैयाँ थियो ।
चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ थियो ।

