यस्तो छ सरकारको आगामी आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दूबै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

विगतकै कतिपय कार्यक्रम समेटिएको भए पनि यसपाली मुख्यगरि ‘कृषिमा लगानी दशक’को घोषणा र ‘सूचना प्रविधि दशक’को घोषणा देखिने खालका नयाँ कार्यक्रमका रुपमा प्रस्तुत भएका छन् । आगामी वर्ष सूचना प्रविधि क्षेत्रबाट ५ हजार रोजगारी सिर्जना गरिने पनि उल्लेख छ ।

साथै, आगामी आर्थिक वर्षभित्र विद्युतको कुल जडित क्षमता ४ हजार ५ सय मेगावाट पुर्याउने लक्ष्य पनि नीति कार्यक्रममा समावेश छ ।

सँगै, आगामी आर्थिक वर्षभित्र थप साढे १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने पनि घोषणा नीति कार्यक्रममार्फत गरिएको छ ।

साथै, आगामी आर्थिक वर्षमा सरकारले १ हजार युवालाई ‘स्टार्टअप सहुलियत कर्जा’ दिने पनि घोषणा गरिएको छ ।

यस्तो छ नीति कार्यक्रमको पूर्णपाठः

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार