निरन्तर उकालो लाग्दै सुनको मूल्य, चाँदीको मूल्य स्थिर

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँ तोेकेको छ । जुन बुधबारको तुलनामा ५०० रुपैयाँले बढी हो । बुधबार पनि प्रतितोला छापावाला सुन ५०० रुपैयाँ बढेकोमा बिहीबार पनि सोहि बराबर मूल्य वृद्धि भएको महासंघले बताएको छ ।

बुधबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँ तोकिएको छ । जुन मंगलबारको तुलनामा छापावाला सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

मंगलबारका लागि छापावाला सुन प्रतितोला १ लाख ९२ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार बिहीबार भने चाँदीको मूल्य स्थिर रहेको छ । महासंघले बिहीबार चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँ तोकेको छ ।
बुधबार भने चाँदी प्रतितोला ३० रुपैयाँले बढदै २ हजार ७५ रुपैयाँ तोकिएको थियो। मंगलबारका लागि चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ तोकिएको थियो ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३५१ दशमलव ४७ डलरमा कारोबार भैरहेको छ । यस्तै यसदिन चाँदीको भाउ प्रतिऔंस ३४।४६ डलर तोकिएको छ । मंगलबार सुनको भाउ प्रतिऔंस ३३६३।४७ डलर र चाँदीको भाउ प्रतिऔंस ३४।१९ डलर थियो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३६८. ८० डलरमा कारोबार भैरहेको छ । यस्तै यसदिन चाँदीको भाउ प्रतिऔंस ३४. ४६ डलर तोकिएको छ । बुधबार सुनको भाउ प्रतिऔंस ३३५१. ४७ र चाँदीको भाउ प्रतिऔंस ३४.४६ डलर थियो ।

अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार