CLI
Global College

बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी कानुन बनाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्ने व्यवस्थालाई स्पष्ट, पारदर्शी र व्यवस्थित गर्न ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१ तयार गरिरहेको छ।

यस विनियमावली मार्फत राष्ट्र बैंकले बैंक खाता कसले, कसरी र किन रोक्का तथा फुकुवा गर्न सक्ने भन्ने व्यवस्था गर्न खोजेको छ।

प्राकृति व्यक्तिले बैंक खाता रोक्का गर्नुको स्पष्ट कारण खुलाएर खातावालको सरकारी परिचय पत्र तथा तीन पुस्ते विवरण बुझाएर खाता रोक्का गर्न सकिन्छ।

खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीको अनुरोधमा वा अदालतको आदेश बमोजिम रोक्क रहेको खाता फुकुवा गर्न इजाजतपत्र प्राप्त संस्थालाई निर्देशन दिइने छ।

राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त संस्थाहरुको खाता रोक्का हुने छैन। भुक्तानी सेवा प्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्र प्राप्त संस्थाहरुमा रहेको खाता रोक्का हुने छैन।

उपविनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि अल्पकालीन वा दीर्घकालीन रुपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्थामा आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्थामा देखिएमा संस्थाको खाता रोक्का गर्न बाधा पुग्ने छैन।

खाता रोक्का गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुनेछ र विभागका कार्यकारी निर्देशकले तोकेको अधिकार प्राप्त अधिकृत स्तरका कर्मचारीले सो सम्बन्धी निर्देशन गर्न सक्ने मस्यौदा उल्लेख गरिएको छ।

Leave Your Comment

Related News