CLI

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न, संचालकमा श्रेष्ठ र महर्जन निर्वाचित

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा शुक्रबार कम्पनीको रजिस्टर्ड कार्यालय, सुर्खेतमा सम्पन्न भएको छ। सभामा कम्पनीका शेयरधनी, संचालक समिति सदस्यहरू, नियामक निकायका प्रतिनिधिहरू तथा विशेष अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले स्वागत मन्तव्य दिंदै कम्पनीको हालसम्मको प्रगति, वित्तीय अवस्था तथा आगामी योजनाबारे संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए। उनले कम्पनीले छोटो अवधिमा हासिल गरेको सशक्त वित्तीय प्रगति र भविष्यमा विस्तार गरिने बीमा सेवाका योजनाहरूबारे उल्लेख गरेका थिए।

संचालक समितिका अध्यक्ष ऋषिराज मोरले सभामा मन्तव्य राख्दै आर्थिक वर्ष २०८०/८१ को कम्पनीको समग्र गतिविधि समेटिएको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उक्त प्रतिवेदनमा कम्पनीको सेवा विस्तार, ग्राहक सन्तुष्टि तथा सञ्चालन दक्षताका विषयहरूलाई प्राथमिकतामा राखिएको थियो।

सभाले संचालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, २०८१ असार मसान्तको वासलात, नाफारनोक्सान विवरण, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१÷८२ का लागि बाह्य लेखापरिक्षकको रुपमा JN Upadhyay & Co लाई नियुक्त गर्ने निर्णय पनि सभाबाट पारित गरिएको छ।

साथै, समूह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरूको तर्फबाट संचालक पदका लागि भएको निर्वाचनमा ईश्वर लाल श्रेष्ठ र सुनिता महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

सभाको समापनमा अध्यक्ष मोरले नव निर्वाचित संचालकहरूलाई बधाई ज्ञापन गर्दै, कम्पनीको दीर्घकालीन रणनीति, बीमा पहुँच विस्तार तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धता दोहोर्‍याए ।

Leave Your Comment

Related News