CLI

ओमोडा जेको जे६को अफरोड क्षमतामा प्रश्न, अफरोड यात्रामा ब्याट्री ड्यामेज

काठमाडौं । नेपाली बजारमा अफरोड इलेक्ट्रिक कारको रुपमा प्रचार गरिएको ओमोडा जेको जे६ (Omoda Jaecoo J6) नेपाली भूगोलको वास्तविक परीक्षामा असफल भएको छ। हालै अफरोड यात्राको क्रममा ढुंगामा ठोकिएर ओमोडा जेको जे६को ब्याट्री पूर्ण रूपमा ड्यामेज भएको घटना बाहिरिएको छ । यसले ओमोडा जेको जे६ ब्याट्री संरचनागत सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

एसपीजी अटोमोबाइल्सले नेपाली बजारमा ओमोडा जेको जे६ लाई अफरोड उपयोगका लागि उपयुक्त इलेक्ट्रिक एसयूभीका रुपमा बिक्री गर्दै आएको छ। तर, अफरोड यात्राकै क्रममा ढुंगासँगको सामान्य ठोक्काइमा ब्याट्री ड्यामेज हुनु गम्भीर कमजोरीको संकेत हो। यसले ब्याट्री संरचना र ग्राउन्ड क्लियरेन्स जस्ता पक्षमा कारको असल परीक्षण नभएको आशंका जन्माएको छ।

ग्राउन्ड क्लियरेन्समा कमजोरी

अफरोड गाडीको रुपमा चिनाइएको जे६ को ग्राउन्ड क्लियरेन्स २०० मिमी मात्र रहेको छ। यो उचाइ सहरको समथर बाटोमा उपयुक्त भए पनि अफरोड यात्राको चुनौतीका लागि अपुग देखिन्छ। तुलना गर्दा, महिन्द्राको चर्चित अफरोड गाडी थार (Thar) को ग्राउन्ड क्लियरेन्स २२६ मिमी छ, जसले उबडखाबड बाटो सहज पार गर्न मद्दत गर्छ।

जे६ को बाह्य रूप हेर्दा यो अफरोड क्षमतायुक्त जस्तो देखिए पनि, संरचनागत पक्ष र प्राविधिक विशिष्टताले यो मुख्यतया सिटी राइडका लागि डिजाइन गरिएको संकेत गर्छ।

ब्याट्री सुरक्षामा कमजोरी?

ईभी गाडीका लागि ब्याट्री संरचना सबैभन्दा संवेदनशील र सुरक्षित हुनुपर्ने भाग हो। विशेष गरी अफरोड प्रयोगका लागि डिजाइन गरिएको गाडीमा ब्याट्रीलाई बलियो संरचनात्मक सुरक्षा दिनु आवश्यक हुन्छ। तर, ओमोडा जेको जे६ मा यस्तो सुरक्षात्मक उपाय पर्याप्त छैन भन्ने देखिएको छ।

ब्याट्री ड्यामेजको घटनाले गाडीको अण्डरबडी प्रोटेक्शन तथा ब्याट्री कभरिङ प्रविधिमा पनि प्रश्न खडा गरेको छ। यसप्रकारको डिजाइन कमजोरीले दुर्घटनाको जोखिम बढाउनुका साथै प्रयोगकर्ताको सुरक्षामा समेत असर पुर्‍याउन सक्छ। नेपाली सडक, विशेष गरी ग्रामीण क्षेत्रका उकालो/ओरालो र ढुंगामय बाटोमा प्रयोग हुने गाडीले केवल लुक्स मात्र होइन, भरपर्दो संरचना र सुरक्षाको ग्यारेन्टी दिन सक्नुपर्छ।

Leave Your Comment

Related News