काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्दा र चाँदीको मूल्य बढेको छ । सुन प्रति तोला सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला १ लाख ९० हजार ६०० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार सुनको मूल्य १ लाख ९० हजार ७०० थियो ।
चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी प्रति तोला २ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य २ हजार १४५ रुपैयाँ थियो ।

