ऋण सहजीकरणका लागि घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचारका तीन मुद्दा

काठमाडौं । नेपाल बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा भ्रष्टाचारका मुद्दा दर्ता गरेको छ । विभिन्न ऋणीसँग ऋण सहजीकरण गरिदिने भन्दै घुस खाने गरेको आरोपमा अख्तियारले अधिकारीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अधिकारीलाई आयोगले २०८१ माघ २९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । पक्राउ परेर छानबिन सुरु भएसँगै केन्द्रीय बैंकले पनि उनलाई कारबाही गरेको थियो ।

उनीविरुद्ध र्‍याडिसन प्रोजेक्टका लागि १२ लाख, हिमाल तराई कन्स्ट्रक्सनअन्तर्गत ६ लाख र देवी ट्रेडर्सअन्तर्गत ५ लाख रुपैयाँ घुस ऋण सहजीकरणका गरिदिने भन्दै खाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार