रूकुम पश्चिम पुगेकी रचना रिमालको स्वास्थ्यमा समस्या, सेनाको हेलिकप्टरबाट उद्वार

काठमाडौं । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन्।

सांगीतिक कार्यक्रमका लागि रुकुम-पश्चिम पुगेकी उनी बिरामी भएपछि अस्पताल ल्याइएको हो।

सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रुकुम-पश्चिमबाट नेपालगन्ज लगिएकी रचनालाई मंगलबार बिहान काठमाडौँ ल्याइएको हो।

नेपालगञ्जबाट मंगलबार बिहान उनलाई काठमाडौं ल्याएर अस्पताल भर्ना गरिएको स्रोतको भनाइ छ।

सोमबार रूकुम पुगेकी उनले मंगलबार रूकुम पश्चिम सानिभेरीको बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिने तयारी थियो। तर मंगलबार बिहान अचानक पेट दुखेपछि उनलाई काठमाडौं ल्याइएको हो।

उनी काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएकी छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार