काठमाडौं । नबिल बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई नियुक्त गरेको छ । यो सँगै ढुङ्गानाको कार्यकाल थप गरिएको हो ।
बैंकका सञ्चालन समितिको ६५७ औं बैठकले आगामी दुई वर्षका लागि सिइओमा ढुङ्गानालाई पुनः नियुक्त गर्ने निर्णय गरेको थियो । बैंकका सचिव विश्वप्रकाश पौडेलले उनलाई असार १७ गते देखि लागु हुने गरी दुई वर्षको लागि नियुक्त गरेको जानकारी दिए ।
यो सँगै बैंक हाक्ने जिम्मेवारी ढुङ्गाना माथि आएको हो । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेका ढुङ्गानाले यसअघि पनि बैंकको जिम्मेवारी राम्रो सँग निर्वाह गर्न सफल भएका थिए ।