१८ किसिमका सामान किन्दै शिखर इन्स्योरेन्स, इच्छुकलाई सूची दर्ता गर्न सूचना

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा  शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफूलाई आवश्यक १८ किसिमका सामानहरु किन्ने  भएको छ ।

सामानहरु तथा विविध प्रकारका सेवाहरु आपूर्ति तथा मर्मत सेवाको लागि कारोबार गर्न स्वीकृति प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म तथा कम्पनीहरुको सूची दर्ता गराउन कम्पनीले सूचना जारी गरेको छ ।

आफूले आपूर्ति र प्रवाह गर्ने सरसामान एवं सेवाहरुको विवरण, फर्म वा कम्पनी दर्ता प्रमाणपत्र, फर्म वा कम्पनी स्थाई लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, आव २०८०/८१ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र सूची दर्ताको निवेदन ३५ दिनभित्र पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।

आपूर्ति/उपलब्ध गर्नुपर्ने सामानहरु तथा सेवाहरु
१. स्टेसनरी सामान छपाई तथा आपूर्ति ।
२. सफाई सम्बन्धित कार्यहरु ।
३. विज्ञापन सेवाहरु तथा विज्ञापन एजेन्सी सेवाहरु ।
४. कार्यालय उपकरण कम्प्युटर, प्रिन्टर, फोटोकपि मेसिन, फ्याक्स मेसिन, सीसी टि. भि., जेनेरेटर इन्भर्टर, एयर कन्डिसन, सोमा लाग्ने व्याट्रि आदि आपूर्ति कार्य तथा मर्मत सम्बन्धि कार्य ।
५. ईन्क, रिबन, टोनर, कार्टेजहरु आपुर्ती ।
६. मेटल तथा काठका सामान आपूर्ती तथा मर्मत कार्य ।
७. सुरक्षा सेवा सम्बन्धि कार्यहरु |
८. खानेपानी आपुर्ती (जार तथा ट्यांकर ) ।
९. मसलन्द सामान छपाई तथा आपूर्ती कार्य ।
१०. प्लम्बिङ्ग सम्बन्धि सेवाहरु ।
११. इलेक्ट्रिसियन सम्बन्धि सेवाहरु ।
१२. वार्षिक प्रतिवेदन तथा क्यालेन्डर छपाई
१३. अग्नि नियन्त्रक यन्त्र ।
१४. भवनको आन्तरिक सजावट तथा निर्माण सम्बन्धि सेवाहरु ।
१५. सेल्फ तथा साधारण रबर छाप ।
१६. प्रचार प्रसार ब्यापार प्रवद्धन सम्बन्धि कार्यहरु |
१७. विज्ञापन, ब्यापार प्रवद्धन सम्बन्धि पोष्टरहरु, पम्प्लेट, ग्लो बोर्ड, साइन बोर्ड तथा अन्य
प्रोमोशनल कार्यहरु ।
१८ कुरियर सेवा सम्बन्धि सम्पूर्ण कार्यहरु |

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार