CLI

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजका लागि विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २४ पैसा र बिक्रीदर १३८ रुपियाँ ८४ पैसा कायम भएको ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ २० पैसा र बिक्रीदर १५९ रुपियाँ ८९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ५१ पैसा र बिक्रीदर १८७ रुपियाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ०७ पैसा र बिक्रीदर १६९ रुपियाँ ८० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ६४  पैसा र बिक्रीदर ९० रुपियाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ८६ पैसा र बिक्रीदर १०१ रुपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ५८ पैसा र बिक्रीदर १०८ रुपियाँ ०५ पैसा रहेको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २५ पैसा र बिक्रीदर १९ रुपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ , कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ ।

थाइ भाट एकको खरिददर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५१ पैसा र बिक्रीदर ३२ रुपियाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ १० पैसा  र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३२ पैसा र बिक्रीदर १४ रुपियाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३४ पैसा र बिक्रीदर २१ रुपियाँ ४३ पैसा निर्धारण गरिएको छ ।

हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६१ पैसा र बिक्रीदर १७ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ४० पैसा र बिक्रीदर ४५३ रुपियाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ५४ पैसा र बिक्रीदर ३६८ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ०४ पैसा र बिक्रीदर ३६० रुपियाँ ६० पैसा रहेको छ ।

Leave Your Comment

Related News