काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई)को नतिजा प्रकाशन भएको छ । यो वर्ष राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार कूल विद्यार्थीको ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
शर्माका अनुसार ७१ हजार ३ सय ९ उतिर्ण भएका छन् । सात प्रदेशमा ग्रेडेड हुने संख्या कोशीमा ४७ हजार ८ सय ३५ , मधेशमा ५९ हजार ७ सय ४९ जना, बागमती १ लाख १९ हजार ५ सय १७ ,गण्डकी ४७ हजार ८ सय ४९ ,लुम्बिनी ५७ हजार ६ सय ८७ कर्णाली ४६ हजार ४ सय ५५ र सुदूरपश्चिममा ५९ हजार ८ सय ४ रहेका छन् ।

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बनाएर परिक्षा सञ्चालन गरेको थियो । तर गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी थिए ।
नजिता हेर्न यहाँ क्लिक गर्नुहोस् ।

https://neb.ntc.net.np/


