बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने

काठमाडौं । बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट कर्जा पाइने भएको छ । सो सम्बन्धमा  ग्लोबल आइएमई बैंक र सिमेक्स इंक प्रा लि  बीच सहजरुपमा विद्युतीय  बिधुतिय गाडीमा कर्जा उपलब्ध गराउने बिषयमा सम्झौता भएको छ । समझदारी अनुसार बैंकले, सिमेक्स इंक प्रा.लि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने बि.वाई.डि. ब्राण्डका विद्युतिय सवारी साधन खरिद गर्ने  ग्राहकले  आवश्यक कागजात तथा विवरण बैंकको शाखामा  सम्पर्क गर्दा  बैकले उचित ठहर्याएका ग्राहकलाई ३ कार्यदिन भित्र  सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रयोजनका सवारी साधनलाई न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

उक्त समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सिमेक्स इंक प्रा.लि. का तर्फबाट सेल्स तथा सोरुम म्यानेजर संध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंक ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट बित्तिय कारोबार गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स को क्षेत्रमा काम गरिरहेको छ

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार