CLI

सन् नेपाल लाइफको अवितरित सवा २ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार देखि अवितरित सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ ।

कम्पनीले यसअघि वैशाख ३० देखि असार ३ गतेसम्म १ः०.२७ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रदमा वैशाख ४ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाएका थिए भने, हकप्रद असार १२ गते बाँडफाँट भइसकेको छ ।

सोही हकप्रद निष्कासनमा बाँडफाँटमा नपरेको कुल २ लाख २४ हजार ७२८ कित्ता सेयर अहिले लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमध्ये संस्थापक समूहतर्फ ८० हजार २२२ कित्ता (लकइनमा रहेको) र सर्वसाधारण समूहतर्फ १ लाख ४४ हजार ५०६ कित्ता (जसमध्ये ४ हजार ४९ कित्ता लकइनमा रहेको) सेयर रहेको छ ।

सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ, जसमा प्रतिकित्ता कति दरमा सेयर लिने हो सोको विवरण खुलाउनुपर्नेछ ।

न्यूनतम आवेदन कित्ता: संस्थापकतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

अधिकतम आवेदन कित्ता: अधिकतम १० अंकले भाग जाने संख्यामा आवेदन दिन पाइनेछ।

आवेदनको अन्तिम मिति: आवेदन असार ३० गतेसम्म दिन सकिनेछ।

बोलपत्र फाराम बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय, ठमेल, काठमाडौं प्राप्त गर्न तथा बुझाउन सकिनेछ । साथै बोलपत्र फाराम सन नेपाल लाइफको पुतलीसडक, काठमाडौँ शाखामा प्राप्त गर्न तथा बुझाउन सकिनेछ ।

साथै बोलपत्र फाराम सन नेपाल लाइफका अन्य शाखा कार्यालयहरू विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीमा प्राप्त गर्न तथा बुझाउन सकिनेछ ।

Leave Your Comment

Related News