एथर एनर्जीको पारिवारिक ईस्कुटर ‘रिज्ता’ नाईमा अटो शोमा सार्वजनिक हुने

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर एनर्जी ले आफ्नो नयाँ स्कुटर ‘थर रिज्ता’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । बहुप्रतिक्षित यो स्कुटर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिनेछ, जुन देशकै अग्रणी दिगो मोबिलिटी प्रवर्द्धन गर्ने प्लेटफर्म हो ।

नेपालमा एथर ४५० सिरिज को सफलतापछि, एथर रिज्ता एक नयाँ युगको सुरुवात हो – यस्तो स्मार्ट र शक्तिशाली नेपाली परिवारका लागि विशेष रूपमा डिजाइन गरिएको छ ।

रिज्ता: नेपाली परिवारका लागि तयार पारिएको स्कुटर

परिवारलाई ध्यानमा राखेर तयार गरिएको एथर रिज्ता एक स्मार्ट, फराकिलो र अत्यन्तै सुविधाजनक इलेक्ट्रिक स्कुटर हो, जुन दैनिक जीवनको हरेक मोडमा काम लाग्दछ । भारतमा यसको सुरुवाती वर्षमै १ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ, जुन यसको लोकप्रियताको प्रमाण हो ।

अब, वैद्य इनर्जीले भारतमा सिद्ध भइसकेको यही डिजाइन र प्रविधिलाई नेपालका सडक, संस्कृति र आवश्यकता अनुसार अनुकूलन गरी नेपाली उपभोक्तामाझ ल्याउँदैछ । रिज्ताको लामो सिट र ठूलो स्टोरेज नेपाली परिवार तथा शहर – गाउँ बीचका यात्राका लागि उपयुक्त हुनेछन् । स्किड कन्ट्रोल, थिफ्ट अलर्ट जस्ता सुरक्षासम्बन्धी विशेषताहरु ले नेपाली सडकमा थप आत्मविश्वास दिनेछ ।

रिताको स्मार्ट कनेक्तिभिटी फिचरहरू जस्तै नेभिगेसन, राइड स्ट्याट्स, ओटीए अपडेट, आदि अब नेपाली भाषा र स्थानीय नक्सासँग अनुकूल गरिनेछ । १५९ किमिको विस्तारित रेन्ज भएको Z- भेरिएन्ट काठमाडौं, पोखरा, भक्तपुरजस्ता सहरहरूबीचको यात्रालाई झन्झटरहित बनाउनेछ। साथै, एथरले ब्याट्री वारन्टी र सरल फाइनान्सिङ योजना मार्फत पेट्रोलबाट विद्युतीय सवारीमा रुपान्तरण गर्न चाहने नेपाली उपभोक्तालाई सहयोग पुऱ्याउनेछ ।

एथर रिज्तालाई विशेष बनाउने सुविधाहरू:

उल्लेखनीय रेन्ज : एकपटक चार्ज गर्दा १५९ किमी सम्म यात्रा लामो यात्रा वा दैनिक उपयोग दुवैका लागि भरपर्दो ।

शक्तिशाली प्रदर्शन: ४.३ किलोवाट मोटर, छिटो एक्सेलेरेशन र विश्वसनीय टप स्पीड ।

परिवारमैत्री आराम: सेग्मेन्टकै सबैभन्दा लामो सिट यात्राको हरेक पल सहज ।

सुरक्षा केन्द्रित डिजाइन: स्किड कन्ट्रोल, डिस्क ब्रेक, मजबूत चेसिस ।

स्मार्ट कनेक्तिभिटी: ७ इन्चको टचस्क्रिन, गुगल म्याप्स, म्युजिक कन्ट्रोल, कल म्यानेजमेन्ट, OTA अपडेट |

ब्याट्री सुरक्षा : IP67 रेटेड ब्याट्री र ५ वर्षको वारन्टी |

व्यावहारिकता: ३४ लिटरको स्टोरेज सेग्मेन्टमै सबैभन्दा धेरै ।

सार्वजनिक प्रदर्शन र बुकिङ जानकारी

एथर रिज्ता २०२५ अगस्ट ६ देखि १० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ मा सार्वजनिक गरिनेछ । कार्यक्रममा सहभागीहरुले पहिलो पटक रिज्ताको प्रत्यक्ष अवलोकन तथा प्रविधिको अनुभव गर्न पाउनेछन् ।

बुकिङ चाँडै खुल्नेछ, र स्कुटर यसै वर्ष नेपालभर उपलब्ध हुने अपेक्षा गरिएको छ।

नेपालप्रतिको एथरको प्रतिबद्धता

एथर एनर्जीले नेपालमा तीव्र वृद्धि गरिरहेको छ। हालसम्म काठमाडौं, पोखरा, बुटवल र इटहरी मा ८ वटा एक्स्पेरियन्स सेन्टर, बौद्धमा १ टेस्ट राइड जोन, ६ वटा सर्भिस सेन्टर, र २१ वटा फास्ट चार्जिङ ग्रिड स्थापना भइसकेका छन् । रिज्ताको आगमनसँगै एथरले हर नेपाली घरपरिवारका लागि विद्युतीय मोबिलिटीलाई अझ सजिलो र प्रीमियम बनाउने अभियानलाई अघि बढाउनेछ ।

” एथर रिज्ता हाम्रो सबैभन्दा प्रतिक्षित उत्पादनमध्ये एक हो । भारतमा अत्यधिक सफल भइसकेपछि हामी यसलाई नेपालमा ल्याउन पाउँदा उत्साहित छौं। रिज्तासँगै हामी केवल स्कुटर होइन, विद्युतीय सवारी साधनको दिगो भविष्य पनि नेपालीहरू माझ ल्याइरहेका छौं, ” वैद्य इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्याश वैद्यले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार