काठमाडौं । मंगलबार आठ वर्ष अवधिको १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र–२०८५ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ । सरकारकोतर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो ।
सरकाले १० अर्व विकास ऋण पत्रको नाममा सार्वजनिक ऋण उठाउने लागेको हो । बिकास ऋणपत्र २०८५ नाम दिएको यो ऋण पत्रमा २०८२ साउन ७ गते देखि आवेदन दिन सकिने छ । ऋण पत्र ३ बर्ष अवधिको हुनेछ ऋण पत्रको ब्याजदर बोलकबोल विधिबाट तय हुनेछ । यसमा इच्छुक बैंक तथा वित्तिय संस्था , अन्य व्यक्ति,फर्म, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् यो ऋणपत्रलाई धितो राखी ऋण लिन दिन सकिने छ यो नेपाल स्टक एक्चेन्च तथा ‘डीओएमएस’ बाट दोस्रो बजारमा कारोबार हुनेछ ।
साँवा ब्याज भुक्तानि २०८५ साउन ८ गते सम्म अवधि हुनेछ । प्रतिस्पर्धि तथा अप्रतिस्पर्धि बोलादातालाई निश्काशित रकमको ८५ प्रतिशत र १५ प्रतिशत छुट्याइएको छ । आवेदकले आवेदन दिदा खरिद गर्न पाउने सिमा घटिमा ५ लाख र बढिमा कुल निश्कासन रकमको सीमामा नबढाइ ५ लाखले भाग गर्दा निशेष भाग जाने अंकमा दिनु पर्नेछ ।
नेपाल राष्ट्र बैङ्बाट इजाजत पत्र प्राप्त “क” “ख” र “ग” बर्गकला बैङ्क तथा बित्तिय संस्था बाहेकका बोलदाताले आफुले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशत अर्नेष्ट मनी बापतको रकम नेपाल राष्ट बैङ्कमा रहेको विकास ऋनपत्र खाता जम्मा गरेको भौचर सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा साउन ७ भित्र इमेल मार्फत बुझाउनु पर्नेछ ।
नेपाल राष्ट्र बैङ्बाट इजाजत पत्र प्राप्त “क” “ख” र “ग” बर्गकला बैङ्क तथा बित्तिय संस्था बाहेकका बोलदाताले आफुले खरिद गर्न चाहेको रकम आ-आफ्नो खाताम मेजाद राख्नु पर्नेछ। व्यक्तिले बोलकबोलमा भाग लिएमा , अनेष्टमनी जम्मा गरेको भौचर र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ अस्वीकृत बोलदाताहरुको अनेष्टमनी बापतको रकम बाडफाँड भएको मितिले ३ दिन भित्र फिर्ता हुनेछ ।

